दफा १३
दोहोरो सामाजिक सुरक्षा नपाउने
(१) कुनै नागरिकले यस ऐनको दफा ३ बमोजिम एकभन्दा बढी प्रकारको सामाजिक सुरक्षा भत्ता पाउने रहेछ भने निजले रोजेको कुनै एक मात्र सामाजिक सुरक्षा भत्ता पाउनेछ।

(२) कुनै नागरिकले यस ऐन र प्रचलित कानून बमोजिम एकै प्रकारको सुविधा पाउने रहेछ भने निजले रोजे बमोजिम कुनै एक सुविधा मात्र लिन पाउनेछ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्य प्रचलित कानून बमोजिम भत्ता पाएको बालबालिकाले दफा ९ बमोजिमको भत्ता समेत प्राप्त गर्न सक्नेछ।